घान्द्रुकमा ल्होछार पर्व मनाइँदै
पाेखरा | पुस १३, २०७९
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ घान्द्रुकमा गुरुङ जातिको मौलिक चाड ल्होछार पर्वको अवसरमा ल्होछार कार्यक्रम आयोजना गरिएको छ ।
२५ औं ल्होछार रजत जयन्तीको अवसरमा ङग्युुर दोर्जे साङाग छयोएलिङ्ग गुम्बा ल्होछार पर्वको कार्यक्रम आयोजना गरिएको हो ।
२५ औं ल्होछार रजत जयन्तीको अवसरमा बाघ वर्गको विदाई र विरालो वर्गको आमगनको अवसरमा घान्द्रुकमा पुस ११ गते धर्म गुरुहरुको उपस्थितिमा जगे(किलखोर) स्थापना भएको छ, भने पुष १२ देखि १४ गतेसम्म हयुमपाठ वाचन तथा पुजा भइरहेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुुरुङले जानकारी दिए ।

‘पुस १५ गते बिहान ७ः३० देखि ८ बजेसम्म पितृ पुजा, ९ देखि ११ बजेसम्म कङग्युर (त्रिपिटक) ह्युम पुस्तकसहित गाउँ परिक्रमा गर्दछौं, गुरुङले भने, ‘१२ बजेदेखि १ सम्म गुरु ढकर रिन्पोछे बाहुल्यबाट आयु छेवाङ ( अभिषेक) दिने र दिउँसो २५ औं ल्होछार जयन्तीको अवसरमा शुभकामना तथा सास्कृतिक कार्यक्रम आयोजना गर्दै छौं ।’
२५ औं ल्होछार रजत जयन्तीको अवसरमा बाघ वर्गको विदाई र विरालो वर्गको आमगनको अवसरमा घान्द्रुक गुम्बा परिसरमा ल्होछारको सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

